करेन्ट लागेर दुई जनाको ज्यान गयो

साउन २७, २०७८ मा प्रकाशित | 811 views

धनुषा । धनुषामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा कीर्तनमण्डली लक्ष्मीनिया गाउँपालिका–३ का ५५ वर्षका विन्दा दास र ५० वर्षका मनिराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा भजनकीर्तन भएको थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web