श्रीमान्– श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता

साउन २५, २०७८ मा प्रकाशित | 383 views

रुकुम पूर्व । रुकुम पूर्वकाे उत्तरगङ्गा नदीमा हाम फालेर दुई जना बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका एक दम्पती नदीमा हाम फालेर बेपत्ता भएका हुन् । आइतवार बेलुका ती दम्पती नदीमा हाम फालेका हुन् ।

प्रहरीका अनुसार ३६ वर्षीय मनिचन कामी र उहाँकी श्रीमती ३० वर्षीया अमृता कामी त्रिवेणीको पुलबाट हाम फालेर उत्तरगङ्गा नदीमा बेपत्ता भएका हुन् । आइतवार ती दम्पतीबीच झगडा भएपछि श्रीमती नदीमा हाल फालेको र उनलाई बचाउन भनी नदीमै पसेका श्रीमान् पनि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठले बेपत्ता दुवै जनाको खोजीलाई तीव्र पारिएको बताउनुभयो ।

बेपत्ता भएका दम्पतीका एक छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web