साढे चार लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

साउन २५, २०७८ मा प्रकाशित | 285 views

काठमाडौँ । काठमाण्डौको नयाँ बानेश्वरबाट साढे चार लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जनालाई चार लाख ४८ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरू पेसेवर जुवाडे भएको हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web