डोटी । डोटीको जोरायल गाउँपालिका–२ मा पर्ने छहरा झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको जोरायल गाउँपालिका–२ को छहडा गाउँ नजिकै रहेको छहरा झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् ।
अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न छहरा झरना पुगेको बताएका छन् ।
17.03¡ÆC