साउदीले भेरोसेल खोपलाई पनि दियो मान्यता

साउन २४, २०७८ मा प्रकाशित | 601 views

काठमाडौँ । नेपाली श्रमिकको गन्तव्य देश साउदीले कोरोना विरुद्धको खाेप सिनोफर्म (भेराेसेल) लाई पनि मान्यता दिएको छ ।

सिनोफर्मलाई मान्यता दिएसँगै मान्यताप्राप्त खोपको संख्या ६ पुगेको छ । यो भन्दा पहिले साउदीले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मान्यता दिएको थियो ।

नेपालमा अहिले चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप बढीजसो लगाइरहेको अवस्था छ । पहिले यो खोपलाई साउदीले मान्यता नदिँदा धेरै श्रमिकहरु जोनसन एण्ड जोनसनको लागि पर्खिनुपरेको थियो । अब यो खोपलाई मान्यता दिएसँगै साउदी जाने श्रमिकलाई सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web