स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता

साउन २१, २०७८ मा प्रकाशित | 537 views

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् ।

संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून अनुसार पाइने सेवा सुविधा नदिँदा मनोबल घटेको स्वास्थ्यकर्मीहरु गुनासो गर्छन् । ‘हामीले आफ्ना ज्यानको प्रवाहै नगरी कोरोना संक्रमितको उपचार, हेरचाह गर्‍यौं । राज्यले त्यसको बेवास्ता गरेर जोखिम भत्ता पनि उपलब्ध नगराउँदा दुःख लागेको छ,’ धनगढीको कोभिड अस्थायी अस्पतालकी नर्सिङ वार्ड इन्चार्ज कल्पना विष्टले भनिन्, ‘सरकारले तोकेको सेवासुविधा नपाउँदा जोखिम मोलेर काम गरेकाहरुको मनोबल कमजोर भएको छ । प्रोत्साहन गरे मनोबल उच्च हुने थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web