भ्रष्टाचारविरुद्ध काठमाडौंमा नागरिक आन्दोलन

साउन १६, २०७८ मा प्रकाशित | 395 views

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र फस्टाउँदै गएको आर्थिक अनियमिततालगायत विषयलाई लिएर काठमाडौंमा नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शनिबार अपराह्‍‍न बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेको हो ।

प्रदर्शनमा चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसी, नागरिक अगुवा खगेन्द्र संग्रौला, नारायण वाग्ले, प्रदीप देवान, युग पाठक, सञ्‍जीव उप्रेती, भुपाल राईलगायत सहभागी थिए । सहभागीले जनताका लागि लोकतन्त्र, जनताको स्वास्थ्य तिम्रा दातालाई मस्त, स्वार्थ बाझे स्वास्थ्य राज्यमन्त्री बर्खास्त गर, देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ लगायत नारा लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web