दमौली । तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न भएको छ । ३० मिटर ब्यास र ६५ मिटर उचाईको भुमिगत सर्ज ट्याङ्क निर्माणको लागि आवश्यक पहुँच सुरुङमार्ग खन्ने कार्य सम्पन्न भए पछि थप दुइ सुरुङ मार्ग पुरा भएको हो ।
आयोजनाको प्याकेज २ अन्तर्गत सर्ज ट्याङ्कसम्म पुग्ने ४३७ दशमलव १ मिटर सुरुङ खन्ने कार्य शुक्रबार साँझ पुरा भएको आयोजनाका प्रमुख अच्युतबाबु घिमिरेले जानकारी दिनुभयो । यो सुरुङ्ग मार्ग खन्ने कार्य सम्पन्न भएसँगै भूमिगत सर्जट्याङ्कको काम गर्न सहज हुने उहाँले बताउनुभयो । ठाडो भिर भएको कठिन भूगोल भएकोले पहुँच सडक पु¥याउन नमिल्ने भएकोले चिनियाँ सिनो हाईड्रो कम्पनीले सो सुरुङमार्ग निर्माण गरेको आयोजनाले जनाएको छ ।
यस अघि आसार २ गते विद्युत गृह जाने मुख्य प्रवेश सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको थियो भने जेठ २१ गते बाँधस्थल दायाँ पट्टीबाट पुग्ने ३१४ मिटर लामो पहुँच सुरुङ सम्पन्न भईसकेको आयोजना प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ मा निर्माणाधिन आयोजनाको बाँधको काम थाल्नका लागि उक्त सुरुङ निर्माण अपरिहार्य थियो । भूमीगत सर्ज ट्याङ्क , विद्युत गृह र बाँध तथा नदि फर्काउने कार्य अघि बढाउनका जरुरी रहेका उक्त सुरुङ मार्ग खन्ने कार्य पुरा भएकोले खुसी लागेको घिमिरेले बताउनुभयो । सर्ज ट्याङ्क पहुँच मार्गका लागि प्राविधिक तथा ईञ्जिनियरहरुले सात महिनादेखि काम थालेको घिमिरेले बताउनुभयो ।
चिनियाँ र नेपाली प्राविधिक तथा काम ४०० जना यस सुरुङ निर्माण कार्यको लागि खटिएका थिए ।
आयोजनाको विद्युतगृहको काम पनि चिनियाँ सिनो हाईड्रो कम्पनीले गरिरहेको छ । अब बाँधको निर्माण भने सोङ् दा कालिका जेभीले थाल्नेछ । ठेकेदार नियुक्ति तथा रद्द तथा नयाँ नियुक्तिमा भएको ढिलाई लगायतले सुस्त भएको आयोजनाको काम लकडाउनकै अवधिमा समेत नरोकीकन धमाधम अघि बढिरहेकोले तिनवटै सुरुङमार्ग पुरा भएको हो ।
्आयोजनाका अनुसार निषेधआज्ञाले काम प्रभावित नहोस् भन्ने उद्धेश्यले भौतिक दुरी, सेनीटाईजर, मास्कको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पुरा गर्ने, कामपछि बाहिर आवत जावत नगर्ने जस्ता नियम पालना गर्ने गरी काम भईरहेको छ । नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि गत चैत्र १० गते ठेक्का सम्झौता भईसकेको छ भने उक्त ठेकेदारले निर्माण पूर्व तयारीको कार्य गरिरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको प्याकेज २ अन्तरगत सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत गृह खन्ने कार्यहरुको अतिरिक्त टेलरेस सुरुङ्गको निर्माण कार्य गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । हाल २६ वटा फाउण्डेसनको निर्माण कार्य सम्पन्न भएको छ भने टावर निर्माणको लागि भारत बाट प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको छ ।
हाल प्रशारण लाइनमा ४० जना खटिईरहेका छन् ।कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
तनहुँमा निर्माणधिन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुत्त आयोजना भएकाले नेपाल सरकारले प्राथमिकता दिएको छ । सुख्यायाम भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता रहकोेले सो समस्या टार्नको लागि सरकारले यस अयोजनालाई प्राथमिकता दिएको आयोजना प्रमुख घिमिरे बताउनुहुन्छ ।
वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ ।
आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदिको पानीलाई भूमिगत विधुत गृहमा पुर्याएर विधुत उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विधुत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
15.25¡ÆC