क-कसले पाए ओली सरकारमा राजनीतिक नियुक्ति ?

असार २, २०७३ मा प्रकाशित | 773 views

काठमाडौं,असार २ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् । त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा परेका छन् । त्यसैगरी, परराष्ट्रका आठ कर्मचारी राजदूतमा सिफारिसमा गरिएका छन् । यी सबै गरेर यस अवधिमा सरकारले अहिलेसम्म एक सय आठ व्यक्तिलाई विभिन्न तहमा नियुक्त, सरुवा र बढुवा गरेको छ ।

माओवादीका ६ जना मात्रै

माओवादी केन्द्रका तर्फबाट राजनीतिक नियुक्तिको अवसर पाउने ६ जना मात्रै छन् । चारजना राजदूतको सिफारिसमा परेका छन् । महेन्द्र सिंह, यदुनाथ लम्साल, लक्की शेर्पा र पदम सुन्दास माओवादी कोटाबाट राजदूत नियुक्तिमा अवसर पाउनेमा पर्छन् । सुनीलबाबु श्रेष्ठ र चन्द्रकान्त पौडेल योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

राप्रपा नेपालका पाँचजना

सत्तासाझेदार तेस्रो ठूलो दल राप्रपा नेपालका पाँचजनाले राजनीतिक नियुक्तिको अवसर पाएका छन् । योजना आयोग सदस्य गीताभक्त जोशी, राजदूत सिफारिसमा भरतबहादुर रायमाझी, निरञ्जन थापा र खगेन्द्र बस्नेत गरी तीनजनाले अवसर पाएका छन् । त्यसबाहेक राप्रपा नेपालबाट परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठले नियुक्ति पाएका छन् ।

फोरम लोकतान्त्रिकका दुईजना मात्रै

अर्को सत्तासाझेदार दल फोरम लोकतान्त्रिकबाट महत्वपूर्ण पदमा राजनीतिक नियुुक्ति पाउनेमा दुईजना मात्रै छन् । राष्ट्रिय योजना आयोग सदस्यमा कृपासिन्धु र ओमानका लागि राजदूतमा शर्मिला पराजुली सिफारिस भएकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web