नुवाकोटको सडक आशिंक रुपमा खुल्यो, ब्यवस्थित बनाउन थप काम जारी

साउन १४, २०७८ मा प्रकाशित | 552 views

त्रिशूली । अविरल वर्षातको कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुराएको सडक मर्मतको क्रममा आशिंक रुपमा खुलेको छ । हिजो बुधबार साँझ परेको अविरल वर्षातको कारण नुवाकोटको मैथली तालिम केन्द्रको विदुर तर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसगैँ पूर्ण रुपमा ठप्प भएको सडक एक लेनतर्फ अर्थात आशिंक रुपमा सुचारु गरिएको छ ।
पुलको जगमा क्षति पुगेर सडक पूर्ण रुपमा अबरुद्ध हुदाँ विदुरबाट मैथली ब्यारेक हुदै बट्टारतर्फ जाने सडक बन्द भएकोमा बिहीबार बिहान ९ बजेदेखि आशिंक रुपमा सुचारु भएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ । उहाँको अनुसार ह्युम पाइप राखेर बनाइएको पुल पूरै भासिएसगैँ सडकको दुईतर्फी नै विच्छेद हुदाँ पैदल यात्रुलाई समेत आउजाउ गर्न कठिन भएको थियो । डाइभर्सन तथा बैकल्पिक सडकको अभावको कारण जतिसक्दो चाडो खुलाउनुपर्ने दायित्वको बहन गर्दै डिभिजन सडक कार्यालयको समेत जिम्मेवारी बहन गर्दै आउनुभएका ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको कार्यालय सहित यही सडक निर्माणको जिम्मेवारी पाएको तुदी कन्सट्रक्सनको उपकरण र जनशक्ति मार्फत सडक मर्मतको काम अघि बढाइएको हो ।
तत्कालको लागी माटो भरेर योजनाको प्राविधिक तथा उपकरण सहित निर्माण व्यावसायी तुदी कन्ट्रक्सन मार्फत मर्मतको काम अहिले पनि भैरहेको छ । पुरानै जगमा माटो भरेर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको सडकमा सडकको दुबैतर्फ पर्खाल लगाएर ब्यवस्थित गर्ने काम अघि बढाएकाले काम समपन्न हुन आज दिनभर लाग्नसक्ने देखिएको छ ।

यस सडक ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजना अन्तरगत पर्ने भएपनि पिपलटारदेखि ढुङ्गेसम्मको सडकको दायाँबायाका जग्गाधनीले मुआब्जा माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेसगैँ अदालतले मुद्धाको अन्तिम किनारा नलागेसम्म यथास्थितीमा राख्नलाई आदेश दिएसगैँ योजनाको कार्यालय मार्फत यस खण्डमा थप काम गर्न अदालतको अपहलेना हुने भएसगैँ काम रोकिदै आएको थियो ।
वर्षौ देखि जीर्ण रहेको उक्त स्थानको पुलमा ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजना मार्फत आकर्षक आर्कब्रिज निर्माणको लागी बजेट सुनिश्चित गरेर ठेक्का प्रक्रियाको अन्तिम तयारीमा राखिएको छ । यद्यपी योजनाको कार्यालयले काम अघि बढाउन अदालतको फैसला तथा काम गर्नको लागी अर्को आदेशको प्रतीक्षामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web