जापानमा हुन्डी कारोबार मौलाउँदै रेष्टुरेन्टको बोर्ड राखेर दुई नम्बरी धन्दा

साउन १३, २०७८ मा प्रकाशित | 509 views

काठमाडौं, नेपाल । विगत लामो समयदेखि जापान लगायत विभिन्न मुलुकमा मौलाउँदै गएको एक अबैध धन्दा हो हुन्डी कारोबार । जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, युएईलगायत धेरै मुलुकमा हुन्डी कारोबारीहरुको बिगबिगि छ। पछिल्लो समय भने जापानमा अत्याधिक रुपमा खुलमखुल्ला यस्तो कारबार हुँदै आएको पाइएको छ। नेपालमा होस् वा चीनमा नेपानी र चिनियाँ नागरिकको मिलेमतोमा ट्याक्स छली गर्ने रेमिट्यान्स व्यवसाय धराप पार्ने र भित्रभित्रै कारोबार हुने गरेको नाम नखुलाउने सर्तमा एक रेमिट्यान्स व्यवसायीले बताए। जापानमा नेपाल र चीनका अधिकांश व्यवसायीहरुको मिलेमतोमा हुन्डीको कारोबार हुने गर्छ। यो कारोवार गर्ने एउटा मात्र अधार हो बिश्वास। जब बिश्वास टुट्छ को कतिबेला चुर्लुम्म डुब्छ थाहा हुँदैन्। तर, नेपाली विद्यार्थीहरु र जो भिषा सकिएर लुकेर काम गर्छन् अनि उनीहरु पुग्छन् हुन्डीकोमा। जब उनीहरुको कारोबारमा समस्या आउँछ तब नेपालदेखि जापानसम्म सबैले ‘मेन्टल्ली टचर’ व्यहोर्नुपर्छ। पछिल्लो समय धेरै कारोबारीहरु फसेको कुराहरु बजारमा आइरहेको बेला सबै कारोवारीहरुको निगरानी गरेर सबैको परिचयसहित जापानस्थित नेपाली राजदुतावासमा जानकारी गराउने र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० इमेल गर्ने साथै केहिदिनमा जापानमा पत्रकार सम्मेलन गर्ने भित्रि तयारी हरेको एक रेमिट्यान्स व्यवयायीले बताए । जापानको टोकियोस्थित सिनओकुबुमा रेष्टुरेन्ट सञ्चालन गर्नेहरु हुन्डीको अवैधानिक कारोवारीहरु छन्, भने कामता, योकोहामा, नागोया, ओसाका र तोचुकीलगायत अधिकांश ठाउँमा यी कारोवारी सक्रिय छन्। जसमा हामीलाई प्राप्त जानकारीअनुसार हुन्डी कारोबारीको केही नाम समेत प्राप्त भएको छ। जनक सुवेदी, सुरेन खड्का, शिशिर न्यौपाने, मेघ कुँवर, लेलिन कुवर, डिल्लीराम सिवाकोटी, प्रदिप बास्तोला, कृष्णहरि अर्याल, सञ्जय थापा, नवीन अधिकारी, रमेश काफ्ले र बिमल सापकोटाले जापानमा बसेर हुन्डीको कारोबार गर्ने गरेको पाइएको हो। जापानमा बसेर हुन्डी कारोबारीमा केहि महिलाको समेत नाम जोडिएको छ। यस सन्दर्भमा नेपाल सरकारको आर्थिक नीति सबभन्दा बढी जिम्मेवार हुनुपर्छ। जबसम्म नेपाल सरकारले नेपालबाट विदेशमा पैसा ल्याउने र विदेशबाट नेपाल पठाउने सहज बाटो बनाउँदैन तबसम्म बिचौलियाहरूको ठगी धन्दा कायमै रहन्छ। के हो हुण्डीरु आफूले विदेशमा दुःखले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्टसँग सम्बन्धीत व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ। जुन कार्यलाई नेपालको कानूनले अवैध मानेको छ। यसरी एजेन्टमार्फत पैसा पठाउँदा सुरक्षित मानिँदैन। कानूनले यसलाई मान्यता नदिएकाले नेपालस्थित एजेन्टले नगदमै पैसा बोकेर जाँदा प्रहरीले प्रक्राउ गर्न सक्ने सम्भावना हुन्छ। हुण्डी कारोबारमार्फत आतंकवादी संगठनलाई समेत सहयोग पुगेको भन्दै यूरोप अमेरिका लगायतका मुलुकहरुले पनि यस्तो कारोबारलाई बन्द गरेका छन्। आतंकवादी गतिविधिमा हुण्डीले सहयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघले समेत यसलाई गम्भीर प्रकृतिको आपराधिक गतिविधिको हो भनेको छ। हुण्डी मार्फत कतिपय नेपालीले कालो धनलाई सेतो पार्न पनि हुण्डी गर्ने गरेको अनुसन्धानमा खुलेको छ। हुण्डीका माध्यमबाट कयौँ नेपालीहरु ठगीएका घटनाहरु पनि नभएका होइनन्। तर हुण्डीको नियन्त्रण भने अझै गर्न सकिएको छैन। हुन्डीको कारोबारलाई अवैध मानिएकाले कुन च्यानलबाट कति रकम भित्रिन्छ भन्ने यकिन तथ्यांक न त राष्ट्र बैंकसँग छ। नत अन्य निकायसँग नै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web