जबरजंग गणबाट एकीकरण पदमार्ग बिश्रामस्थल र शौचालय निर्माण

साउन १०, २०७८ मा प्रकाशित | 473 views

नेपाली सेनाको जबरजंग गणले नुवाकोटको बिदुर नगरपालिका वडा नं १० स्थित शुभघाटमा एकिकरण पदमार्ग बिश्रामस्थल र शौचालयको निर्माण गरेको छ ।
आज नेपाली सेना ६ नम्बर बाहिनि अड्डाका बाहिनि पती सहायकरथि सुनिल श्रेष्ठले नबनिर्मित एकिकरण पदमार्ग बिश्रामस्थल र शौचालयको उद्घाटन गर्दै राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका देशैभरका बिभिन्न ऐतिहासिक क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभएको छ ।
कार्यक्रममा उहाँले ईतिहास जोगाउन र भबिष्य देखाउने कार्यमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको सहयोग र साथ आफैमा अभिप्रेरक भएको बताउनुभएको छ ।

 


यसैगरी, एकिकरण पदमार्ग बिश्रामस्थल र शौचालयको उद्घाटन कार्यक्रममा जबरजङगण देबिघाटका गणपती प्रमुख सेनानी उदयबहादुर लामिछानेले नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो तथा यहाँका महत्बपुर्ण ऐतिहासिक धरोहरको रुपमा प्रख्यात रहेको किल्लालाई संरक्षण गर्न नेपाली सेना सदैब प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 


नेपाली सेनाको जबरजङगण देबिघाटका अनुसार एकीकरण मार्ग संरक्षण गर्ने कार्यक्रम अन्तर्गत नुवाकोटको म्यागङ गाउपालिका वडा नं ५ स्थित सामरी भन्ज्याङमा शिलालेख, बिदुर नगरपालिका वडा नं ५ स्थित देबिघाटमा श्री ५ बडामहाराजधिराज पृथ्बी नारायाण शाहको देहबसान भएको स्थानमा पर्खाल मर्मत तथा रेलिङ बनाउने कार्य सम्पन्न गरिएको छ ।
यसैगरी, पुरातात्बिक महत्ब बोकेको तीनधारेको मर्मत तथा जीर्णोधार गर्ने कार्यका साथै नेपाल एकिकरणको सिलसिलामा राजा पृथ्बीनारायण शाह, कालु पाण्डे र उनका फौजलाई बिसं १८०१ मा त्रिशुली नदी पार गरेको ऐतिहासिक तथा सामरिक महत्बको रुपमा परिचित शुभघाटमा श्री जबरजंगगण र स्थानीयको सहकार्यमा एकिकरण पदमार्ग बिश्रामस्थल र शौचालयको निर्माण गरिएको नेपाली सेनाको जबरजङगण देबिघाटले जनाएको छ ।

 


कार्यक्रममा नेपाली सेनाले एकिकरण पदमार्ग अन्तर्गत नुवाकोट क्षेत्रमा पर्ने किल्ला, गढी तथा मार्गहरुको संरक्षणमा सहयोग पुर्‍याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web