चीनबाट आयो ८ लाख डोज खोप

साउन ७, २०७८ मा प्रकाशित | 359 views

काठमाडौँ । चीनबाट ८ लाख डोज नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौं ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २:०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।

यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने छ । जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । सो जहाजले आइतबार थप खोप लिई काठमाडौं आउने छ । नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web