प्रधानमन्त्रीले लिए दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

साउन ५, २०७८ मा प्रकाशित | 594 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार दिउँसो खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दाहालपत्नी सीता लामो समयदेखि अस्वस्थ छन् ।

मन्त्रिपरिषद् विस्तार, सरकारको साझा न्यूनतम कार्यक्रम र उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा प्रधानमन्त्री देउवा र दाहालबीच बिहानमात्रै बालुवाटारमा छलफल भएको थियो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेर दाहाल मंगलबार बिहान बालुवाटार गएका थिए । यद्यपि मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनले भागबण्डाको सहमति जुटाएको छैन । एमालेको नेपाल समूह सरकारमा जाने/नजाने अझै निश्चित भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web