कोरोना सक्रमण पुनः बढ्यो : एकै दिन थपिए ४ लाख ७८ हजार संक्रमित

साउन ३, २०७८ मा प्रकाशित | 385 views

कोरोना सक्रमण पुनः बढ्यो : एकै दिन थपिए ४ लाख ७८ हजार संक्रमित

एजेन्सी । विश्वमा एकै दिन चार लाख ७८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्।

यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड सात लाख ४८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बेलायतका ५४ हजार ६७४ जना रहेका छन्। त्यहाँ उक्त अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ।

यसैगरी दोस्रो धेरै संक्रमित थपिनेमा इन्डोनेसिया रहेको छ। त्यहाँ गत २४ घण्टाको अवधिमा ५१ हजार ९५२ जना संक्रमित थपिएका छन्। साथै, एक हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ।

सोही अवधिमा भारतमा ४१ हजार २८३ जना संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ।

यसैगरी ब्राजिलमा ३४ हजार ३३९, रसियामा २५ हजार ११६, अमेरिकामा २४ हजार ६०, कोलम्बियामा १९ हजार ९२५, इरानमा १५ हजार १३९, दक्षिण अफ्रिकामा १४ हजार ७०१, मलेसियामा १२ हजार ५२८ कोरोना संक्रमित थपिएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web