अफगानिस्तानका अनुवादकलाई अमेरिकाले सुरक्षित ठाउँमा लैजाने

साउन १, २०७८ मा प्रकाशित | 334 views

काठमाडौँ । अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभासेका रूपमा सहयोग गरेका अनुवादकहरूलाई सुरक्षित ठाउँमा लैजाने भएको छ ।

अफगानिस्तानमा रहेका अमेरिकीसहितका सैनिक फिर्ताकाे क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरूका सहयोगीका रूपमा काम गरेका अनुवादकहरू जोखिममा आएका भन्दै चासो र चिन्ता थपिएको थियो ।

अनुवादकहरूले आफूहरूको सुरक्षा गरिदिन माग गरेका थिए । त्यहीअनुसार अमेरिकाले अनुवादकहरूलाई अमेरिका वा अरू कुनै देश पठाउने घोषणा गरेको छ । जोखिममा रहेका अनुवादकहरूलाई शरणार्थीका रूपमा लैजाने प्रक्रिया जुलाई अन्तिम हप्तादेखि सुरु हुने ह्वाइट हाउसले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सेना फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web