अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता

असार २९, २०७८ मा प्रकाशित | 410 views

एजेन्सी । लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।

मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।

अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गरेका छन् ।

उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web