मंगलबारदेखि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्रा खोप दिइने

असार २८, २०७८ मा प्रकाशित | 418 views

काठमाडौँ । सरकारले मंगलबारदेखि वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक,सार्वजनिक यातायातका चालक र सहचालक,विश्विविद्यालय र विद्यालयका शिक्षक/कर्मचारीलाई खोप दिन लागेको हो ।
यस्तै, अमेरिकी खोप जेन्सेन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर,यो खोप लगाउने मिति भने तय भइसकेको छैन ।यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताए । ‘खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने व्यवस्था मिलाइएको छ ,’ उनले भने ।

त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।
५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्‍ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ । कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागाजात पेस गर्नुपर्ने हुन्छ ।

सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ । यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web