एक हजार ६९० जनामा सङ्क्रमण पुष्टि, एक हजार ५३३ जना सङ्क्रमणमुक्त

असार २८, २०७८ मा प्रकाशित | 414 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ६८९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार चार सयजनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web