त्रिशूली अस्पतालमा गरिएको जाँचमा बुधबार १०५ जनामा कोरोना देखियो

बैशाख ३०, २०७८ मा प्रकाशित | 511 views

नुवाकोट । पछिल्लो चौविस घण्टामा नुवाकोटको त्रिशूली अस्पतालमा १०५ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ । कोरोना देखिएका मध्ये नुवाकोटमा घर भएका तथा नुवाकोटमा नै बसोबाँस गर्दै आएको सङ्ख्या २६ जना रहेका छन् । रसुवाको १३ जना र धादिङको ६६ जना रहेका छन् । त्रिशूली अस्पतालले संकलन गरेको ६ जनाको नमूना जाँच गर्दा ४ जनामा कोरोनाको सक्रमण देखिएको हो ।

यस्तै, ककनी गाउँपालिकाले संकलन गरेर जाँच गर्न पठाएको १३ जनाको नमूना मध्ये वडा नं .३ का वडाध्यक्ष सहित ९ जनामा कोरोनाको सक्रमण देखिएको छ । किस्पाङ गाउँपालिकाले नमूना सकलन गरेर जाँच गर्न पठाएको १५ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोनाको सक्रमण देखिएको हो ।  यस्तै, त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका २४ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ११ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएसगैँ नुवाकोटमा पछिल्लो चौविस घण्टाको अवधिमा कोरोना सक्रमित हुनेको सङ्ख्या पिसिआर र एण्टिजेन परीक्षण दुवै माध्यम मार्फत कुल २६ जना रहेका छन् ।

यस्तै, रसुवाको जिबजिबे ग्रामीण अस्पतालले संकलन गरेर जाँच गर्न पठाएको २८जनाको नमूना जाँच गर्दा १३ जनामा कोरोनाको सक्रमण देखिएको छ ।

यस्तै, धादिङ निलकण्ठ नगरपालिकाबाट संकलन गरेर जाँच गर्न ल्याइएको ९७ जनाको नमूना जाँच गर्दा ४९ जनामा कोरोनाको भाइरस देखिएको छ भने धादिङकै गल्छी गाउँपालिकाबाट संकलन गरेर जाँच गर्न पठाएको २७ जनाको नमूना परीक्षणमा १७ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ ।

यसैबीच, नुवाकोट, रसुवा र धादिङबाट संकलन गरिएको मध्ये अझै ३८५ जनाको स्वाबको नमूना अस्पतालको प्रयोगशालामा परीक्षणको क्रममा रहेको छ ।

यसैबीच, केही दिन अघिसम्म कोरोना भाइरसको परीक्षणको क्रममा प्रयोगशालामा ९० प्रतिशत भन्दा बढी व्यक्तिमा कोरोना देखिने गरेकोमा पछिल्ला दिनमा भने संकलन गरिएको स्वाबको नमूना जाँच गर्दा आधा हाराहारीमा मात्रै कोरोनाको भाइरस रहेको अर्थात पोजेटिभ रिपोर्ट आउने गरेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web