पूर्णकुमारी श्रेष्ठको उपचारको लागी सहयोगको अपिल

चैत्र १४, २०७७ मा प्रकाशित | 595 views

तारुका । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ तारुका तेर्सेपानी निवास पूर्णकुमारी श्रेष्ठको स्तन क्यान्सर भएको कारण उपचारमा सहयोगको अपिल गरिएको छ ।

३० वर्षका पूर्णकुमारी श्रेष्ठको स्तन क्यान्सर भएसगैँ आफूसंग भएको सम्पत्ति जाँच तथा परीक्षणको क्रममाखर्च भैसकेको र अझै उपचारको लागी धेरै रकम लाग्ने चिकित्सकले बताएसगैँ उहाँको श्रीमान गणेशमान श्रेष्ठले सहयोगको अपिल गर्नुभएको हो ।

बिरामी हुनुभएका पूर्णकुमारी श्रेष्ठको अहिले बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भैरहेको छ । उहाँको अहिले क्यासरको आकार बढ्न नदिनको लागी उपचार भैसकेका र तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकाले दश लाख भन्दा बढी रकम जम्मा गर्न अस्पतालले भनेसगै उहाँको उपचारको लागी स्थानीय समाजसेवी युवाहरु सक्रिय भएर आर्थिक जोहो गर्न रकम संकलन अभियान चलाइएको स्थानीय युवा दिपेश शाक्यले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार अहिलेसम्म दाताहरुबाट दुई लाख १५ हजार रुपैयाँ संकलन भएकाले अझै धेरै रकम आवश्यक परेको हुदाँ दाताहरुलाई सहयोग गर्नको लागी अनुरोध गरिएको छ ।

बिरामी पूर्णकुमारी श्रेष्ठको स्तन क्यान्सरको उपचारको लागी सहयोग गर्न उहाँको श्रीमान गणेशमान श्रेष्ठको नाममा सेन्चुरी बैकमा रहेको खाता नं. ११६००००४२१ SR मा रकम जम्मा गर्न अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web