त्रिशूली । नुवाकोटको सूर्यगढी गाउँपालिकाको आयोजनामा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा अपेक्षा गरेको भन्दा निकै धेरै बिरामीले जाँच गराउन नाम दर्ता गराएका छन् । शिविरको पहिलो दिन बिहीबार नै जाँच गराउन आउने बिरामीको सङ्ख्या एकहजार भन्दाबढी भएसगैँ परीक्षण गर्न नभ्याएका बिरामीको लागी शुक्रबार र शनिबारसम्म नै जाच गरिने भएको छ । सूर्यगढी गाउँपालिकाको आयोजना, काठमाडौ मेडिकल कलेजको समन्वय तथा रुडेकन ग्रुप नुवाकोटको संयोजनमा बिहीबारदेखि सुरु भएको स्वास्थ्य शिविरमा सबै किसिमका उपचार सेवा भएसगैँ जाँच गराउन आउने बिरामीको सङ्ख्या निकै धेरै देखिएको हो ।

बागेश्वरी माध्यामिक विद्यालय चोकदेमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले काठमाडौबाट आएका विशेषज्ञ चिकित्सक मार्फत जाच हुने र शिविरमा उपचार सम्भव नभएमा काठमाडौसम्म नै लगेर उपचार गर्ने भएकाले बिरामीको लागी शिविर निकै लाभदायी रहेको बताउनुभयो ।

आफ्नै गाउँमा दक्ष चिकित्सक मार्फत बिरामीको जाँच गर्ने, निःशुल्क रुपमा औषधि उपलब्ध गराउने र शिविरमा उपचार सम्भव नभएको रोगको उपचारको लागी गाउँपालिकाको सहयोगमा काठमाडौ मेडिकल कलेजको अस्पतलामा लगेर सहुलियत दरमा उपचार गर्ने भएकाले सेवाको लाभ उठाउन पूर्व अर्थमन्त्री एंव काँग्रेसका नेता डाक्टर रामशरण महतले आग्रह गर्नुभएको हो ।

यस्तै, शिविरमा उद्घाटन कार्यक्रममा गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले पहिलो दिननै एक हजार भन्दा बढी बिरामी जाँच गर्न आएसगैँ उनीहरुको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा परीक्षण गर्नको लागी काठमाडौ मेडिकल कलेजबाट आएका चिकित्सकलाई आग्रह गर्नुभयो ।

जाँच गराउन आएका सबै बिरामीको रोगको पहिचान, उपचार, शल्यक्रिया तथा आवश्यक औषधि सबै गाउँपालिकाको तर्फबाट निःशुल्क व्यावस्था मिलाएकाले स्वास्थ्य सम्बन्धि सबै समस्याको समाधानको लागी पालिका तयार रहेको अध्यक्ष सन्तबहादुर घलेले प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकी(ढकाल)ले कोरोना रोगको सक्रमणको जोखिम रहेको समयमा बिरामीको लागी अति आवश्यक औषधि पालिकाले निःशुल्क व्यावस्थापन गराएको स्मरण गराउददै आर्थिक रुपमा विपन्न तथा सुविधासम्पन्न अस्पतालसम्म जाँच गराउन जान नसक्ने बिरामीलाई प्रथामिकता दिदै पालिकाबासी सबैको लागी आयोजना गरिएको शिविरबाट सेवाको लाभ लिन आग्रह गर्नुभयो ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको लागी २० जना दक्ष चिकित्सक सहित आवश्यक उपकरण समेत ल्याएर प्राविधिक सहयोग पुराएको काठमाडौ मेडिकल कलेजका महाप्रबन्धक नारायणप्रसाद दाहालले स्वास्थ्य सम्बन्धि सबै समस्याको उपचार सेवा उपलब्ध गराइने बताउनुभयो । रोगको पहिचान गदै उपचार, शल्यक्रिया, औषधि र आवश्यक परेमा काठमाडौमा लगेर सहुलियत दरमा जाँच तथा परीक्षण समेत गरिने काठमाडौ मेडिकल कलेजका महाप्रबन्धक नारायणप्रसाद दाहालले बताउनुभयो ।

बिहीबारदेखि सुरु भएर शुक्रबार सम्पन्न गर्ने भनिएपनि पहिलो दिन लक्ष्यभन्दा धेरै बिरामी जाँच गराउन आएसगँै शुक्रबार जााच गरिने र सबैलाई सेवा दिन नभ्याएमा शनिबारसम्म नै शिविर चलाउने योजना गाउँपालिकाले बनाएको छ ।

शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन सम्बन्धि रोगको वरिष्ठ चिकित्सक मार्फत जाच सेवा उपलब्ध गराइएको हो । यस्तै, शिविरमा नाक–कान र घाटी, बालबालिका सम्बन्धि समस्या, आँखा तथा दन्त सेवा, न्युरो सर्जरी, किड्नी तथा ई.सि.जी सहित भिडियो एक्सेरे सेवा सहितको सेवा उपलब्ध हुने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रमान डंगोलले जानकारी दिनुभयो ।

शिविरमा सूर्यगढी गाउँपालिकाको पाचवटै वडाबाट सवारीसाधनको व्यावस्था मिलाई बिरामीहरुलाई शिविरसम्म जाँच गराउनको लागी वडाअध्यक्षहरुको पहलमा पुराइएको छ । शिविर सञ्चालनमा गाउँपालिकाको कर्मचारी सहित बागेश्वरी माविका विद्यार्थीहरुले समेत स्वंय सेवकको रुपमा सेवा पुराउदै आएका छन् ।

सूर्यगढी गाउँपालिकामा आयोजित शिविरको उद्घाटनमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, लिखु गाउँपालिकको अध्यक्ष धुव्र श्रेष्ठ, तादी गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

रुडेकन ग्रुप नुवाकोटका अध्यक्ष नेपाली काग्रेसका महासमिति सदस्य रमेशकुमार महतले सूर्यगढी पश्चात शिविरलाई तादी, हुदै क्रमशः जिल्लाको सबै पालिकाहरुमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ । शिविर सञ्चालनको लागी प्राविधिक सहयोग पुराउने केएमसी र आयोजक पालिकासंगको समन्वय, प्राविधिक सहयोग लगायतमा रुडेकन ग्रुप नुवाकोटको महत्वपूर्ण योगदान रहेको छ ।

21.56¡ÆC