विदुर । नेपालमा कोरोना भाइरसको सक्रमित क्रमशः घट्ने क्रममा पछिल्लो चौविस घण्टाको अवधिमा ४८ जना व्यक्तिमा रोगको सक्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा ४८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो ताथ्याङ अद्यावधिक गर्दै थपभएको सङ्क्रमितसँगै नेपालमा कोरोनाको कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको बताएको हो । पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएका छन् । यो सगै नेपालमा अहिलेसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् । अहिलेसम्म २२ लाख १० हजार ४३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ९२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५१ जना क्वारेन्टिनमा बसिरहेका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएपनि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा तीन हजार १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

21.56¡ÆC