गाभीले उपलब्ध गरायो ४८ हजार डोज खोप, थप पनि आउदै

फाल्गुन २४, २०७७ मा प्रकाशित | 502 views

विदुर । विश्वब्यापी खोप अभियान अर्थात (गाभी)को संयोजनमा कोभ्याक्सको तीन लाख ४८ हजार डोज सहुलितपूर्ण खोप नेपाल आइपुगेको छ । सहुलियतपूर्ण खोप स्वास्थ्य मन्त्रीलाई हिजो हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गाभी मार्फत उपलब्ध हुने पर्ने तीन लाख ४८ हजार डोज खोप प्राप्त भएर प्रयोगमा ल्याउन जिल्लाहरुमा पठाउन लागिएको छ ।

गाभीले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नेपालले कुल एक करोड ४२ लाख सहुलियतपूर्ण खोप गाभीबाट प्राप्त गर्ने भएको छ ।

नेपालमा गएको माघ १४ गतेबाट कोरोना रोग विरुद्धको खोप अभियान सुरु भएको थियो भने हिजोदेखि दोस्रो चरणको खोप अभियान थालिएको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका वृद्धलाई निःशुल्क खोप दिइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ६० लाख जनसंख्यालाई पुग्ने एक करोड २० लाख डोज खोप आवश्यक भएकोमा घटबढ र नोक्सानलाई जोडेर गाभीले एक करोड ४२ लाख खोप दिने जनाएको छ । यसअघि नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरेर नेपाल ल्याउन लागेको छ । त्यो मध्ये दश लाख डोज खोप नेपाल गएको महिना नै आइपुगेको थियो । अर्को दश लाख डोज खोप अर्को साता काठमाडौ आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web