कोरोना लागेका मध्ये ९६ प्रतिशत नेपाली निको भए

फाल्गुन २४, २०७७ मा प्रकाशित | 896 views

विदुर । विदेशमा रहेका कोरोना सङ्क्रमित ९६ प्रतिशत नेपाली निको भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विभिन्न ५३ देशका ६२  हजार ९८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

यस्तै, कोरोनाका कारण विदेशमा यो हप्ता थप २ जना नेपालीको ज्यान गएको छ ।  गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो हप्ता ज्यान गुमाएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् ।

विभिन्न २१ देशमा रहेका ३४१ जना नेपालीको संक्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यू.ए.ईमा ५० जना नेपालीको ज्यान गएको छ ।

गैह्र–आवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो हप्ता स्वीडेन, मलेसिया, यूएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web