विदुर । वैदेसिक रोजगार पूर्व प्रस्थान ‘अभिमुखीकरण तालिम पाठ्यक्रम’ कार्यान्वयन आएको छ ।

आठवर्ष अघि २०६९ फागुन २ गते स्वीकृत भई कार्यान्वयनमा रहेको पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रमलाई समयक्रम अनुसार परिमार्जन गरी वैदेशिक रोजगार बोर्डले कार्यान्वयनमा ल्याएको हो ।

वैदेशिक रोजगार बोर्डले पाठ्यक्रमलाई समय सापेक्ष बनाउन विभिन्न चरणमा सर्वोच्च अदालत, राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समय–समयमा नेपाल सरकारले गठन गरेको विभिन्न कार्यदलबाट प्राप्त राय, सुझाव र निर्देशनलाई आत्मसाथ गर्दै देशगत रुपमा नै हुने गरी पाठ्यक्रम परिमार्जन गरेको जनाएको छ ।

परिमार्जित पाठ्यक्रमलाई गएको मंसिर १० गते बोर्डबाट स्वीकृत गरेपछि वैदेशिक रोजगार बोर्ड सचिवालयले कार्यान्वयनमा ल्याएको हो ।

परिमार्जित पाठ्यक्रमले नेपालको वैदेशिक रोजगार सम्बन्धी कानुन, काम गर्न जाने देशको श्रम कानुन, अध्यागमन र ट्राफिक नियमको जानकारी, गन्तव्य देशमा भौगोलिक, सामाजिक, सांस्कृतिक, राजनैतिक भाषिक सहित त्याहाको धार्मिक पक्षको आधारभूत जानकारी र त्यही अनुसार अपनाउनु पर्ने आचरण, ज्ञान र सीप लगायतका पक्षलाई समावेश गरिएको छ ।

16.49¡ÆC