काहुले । सोनाम ल्होसार पर्वको अवसरमा नुवाकोटको किस्पाङ गाउँपालिकाले आयोजना गरेको बृहत्त रक्तदान कार्यक्रममा ३१ जना दाताले रगत दान गरेका छन् ।

किस्पाङ गाउँपालिकाको कार्यालय वडानं .३ स्थित काहुले आयोजना गरिएको रक्तदानमा एक जना महिला र ३० जना पुरुष गरेर ३१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखाका सदस्य आर.एन. न्यौपानेले जानकारी दिनुभएको छ । उहाँको अनुसार रक्तदान गर्नेदाताहरुलाई गाउँपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको ल्होसार विशेष कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष मायादेवी न्यौपानेले प्रशंसापत्रले सम्मान गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट मार्फत सञ्चालनमा रहेको ब्लड बैंकको लागी रगत व्यावस्थापन गर्न आयोजना गरिएको रक्तदान कार्यक्रमको रेडक्रस काहुले शाखाको समन्वय, रेडक्रस नुवाकोट मार्फत सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र ‘ब्लड अन रिक्योस्ट नुवाकोट’ले सहजिकरण गरेको थियो । कोरोना रोगको जोखिमको कारण पछिल्लो समयमा रक्तदान कार्यक्रमहरु आयोजना गर्न पुगेको असरले देशभरै रगतको अभाव हुदाँ नुवाकोट र नुवाकोटबाट अन्यत्र जाच गराउन गएका बिरामीको लागी भने रेडक्रस नुवाकोट मार्फत सञ्चालित रक्त सञ्चार केन्द्रले सहजिकरण गरेर सहजै रगत उपलब्ध गराउदै आएको छ ।

रगतको अभाव हुन नदिनको लागी रेडक्रससंगको सहकार्यमा गाउँपालिकाकै आयोजनामा रक्तदान कार्यक्रम गरिएकाले नुवाकोटको अन्य स्थानीयतह, विभिन्न क्लब, संघसस्था लगायतलाई पनि बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेर आगामी दिनमा रगतको अभाव हुन नदिनका लागी सहयोग पु¥याउन रेडक्रस नुवाकोटका उप–कोषाध्यक्ष एंव रेडक्रस नुवाकोटको स्वास्थ्य समितिका संयोजक उद्धब शर्मा रिजालले आग्रह गर्नुभएको छ ।

आज किस्पाङ गाउँपािलकाको आयोजनामा काहुलेमा आयोजना गरिएको रक्तदानमा सहभागी दातालाहरुले हरेक तीन–तीन महिनामा रगत दान गर्न सकिने र आफूले दिएको रगतले जोखिममा परको बिरामीको ज्यान बच्ने भएकाले नियमित रुपमा रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

रक्तदान कार्यक्रममा सहभागी भएर पहिलो पटक रगत दान गर्ने मध्येका सिर्जना वस्ती र राजकुमार तामाङले हरेक ३-३ महिनामा नियमित रुपमा रगत दान गर्ने प्रतिबद्धता जनाएको ‘नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट मार्फत सञ्चालनमा रहेको ‘प्रिपियर’ कार्यक्रमका सामुदायिक प्रशिक्षक’ समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।

24.93¡ÆC