देशभर ३४८ जनामा कोरोना संक्रमण

माघ ८, २०७७ मा प्रकाशित | 548 views

विदुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय ९३ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २० लाख २६ हजार ७ सय २६ परीक्षणहरु गरिएका छन् भने अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । यसैगरी, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९७५ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web