कोरोनाको खोप लगाउनु अघि ‘ड्राई रन’ गरिने

माघ ७, २०७७ मा प्रकाशित | 619 views

विदुर । नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न ‘ड्राई रन’ गर्ने भएको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो ।

खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि पूर्वाभ्यासको तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ड्राई रन अन्तर्गत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी अर्थात् नमुना खोप लगाइने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइने भन्दै खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भइरहेको बताउनुभयो ।

ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त हुने भनिएको कुल २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी सरकारले ड्राई रनको तयारी थालेको पनि उहाँले बताउनुभयो ।

अहिले मुलुकभर भण्डारण, ओसारपसारलगायत खोपसँग सम्बन्धित विभिन्न कामहरू द्रुत गतिमा भइरहेको डा. गौतमले बताउनुभयो ।

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिसिल्ड’ नामक खोप उत्पादन गरिरहेको छ । जुन बेलायतको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप विभिन्न चरणमा नेपालले पाएपछि लगाउने अभियान सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web