विदुर । भारतमा उत्पादन भइरहेको कोभिशिल्ड नामको कोरोना भाइरस विरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ ।

भारतमा शनिबारदेखि यो खोप लगाउन सुरु गर्न लागिरहेको छ । त्याहाँका सञ्चार माध्यमका अनुसार सेरमले पाँच करोडभन्दा बढी डोज खोप उत्पादन गरिसकेको छ । विभागले सूचना निकालेर कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।

अहिलेसम्म तीन आयातकर्ताहले आवेदन दिएको र आवेदन दिनेमध्ये दुई वटाको थप अध्ययन भइरहेको विभागले जनाएको छ ।

23.22¡ÆC