कोरोना लागेको व्यक्तिलाई पाँच महिना ढुक्क !

माघ ३, २०७७ मा प्रकाशित | 525 views

विदुर । एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म पुनः संक्रमणको जोखिम नहुने बेलायती बैज्ञानिकहरुको अध्ययनले देखाएको छ ।

सक्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सक्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशत कम देखिएको ‘पब्लिक हेल्थ इङ्ग्ल्यान्ड’को अध्ययनले देखाएको हो । तर, विज्ञहरूका अनुसार कोरोना भाइरसको सङ्क्रमण दोहो¥याएर हुनसक्ने र अरूलाई समेत सार्न सक्ने सम्भावना भने कायमै रहेको बताएका छन् ।

बेलायतका झन्डै २१ हजार स्वास्थ्यकर्मीको नियमित परीक्षणको नतिजामा यो निष्कर्ष आएको उल्लेख गरिएको छ । तीमध्ये पहिले सक्रमण नभएका व्यक्तिहरूमध्ये तीनसय १८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६ सय १४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण देखिएको पाइएको छ ।

वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म निरन्तर अध्ययन गर्ने पनि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web