चीन सरकारले दियो कोरोना अध्ययन गर्न डब्ल्यूएचओलाई अनुमति

पुस २८, २०७७ मा प्रकाशित | 529 views

विदुर । कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको उद्गमस्थल चीनको वुहान जाने भएको हो । विश्व स्वास्थ्य सङ्गठनको टोलीले कोरोना भाइरससँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ । यद्यपि चीनको राष्ट्रिय स्वास्थ्य विभागले यसबारे थप कुनै जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ ।

विभागले अध्ययनका लागि डब्ल्यूचओको टोली वुहान जानेबारे छलफल भइरहेको मात्रै जनाएको छ । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरिरहेको छ ।

यसअघि गएको हप्ता कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो । वुहानमा जनवरी महिनाको सुरुवातमा नै टिम पठाउने तयारी गरे पनि चीनले अनुमति नदिँदा ढिलाइ भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web