धुञ्चे । ‘रिसोर्सेस हिमालय फाउण्डेसन’ले गएको वर्ष जितेको अन्तर्राष्ट्रिय अवार्डको रकम रसुवा जिल्लामा फोहोरमैला व्यवस्थापन तथा पर्यावरण मैत्री पर्यटनमा खर्च गरेको छ ।

संस्थाले गत वर्ष युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनमा रसुवा जिल्लाको उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई अभियान सम्बन्धी प्रस्तावना पेश गरेको थियो । वर्षेनि युरोपको सँस्थाले विश्वभरबाट विभिन्न जंगली जनावर, सरसफाई अभियान, वातावरण संरक्षण सम्बन्धी प्रस्तावनाका लागि आह्वान गर्ने गरेको छ ।

यसैको आधारमा विश्वभरका विभिन्न विधा अन्तर्गत रसुवाको उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई अभियान सम्बन्धी प्रस्तावना उत्कृष्ट भित्र परेको थियो ।

फाउण्डेसनले पेश गरेको कार्यक्रमको प्रस्तावना राम्रो देखेर युरोपको सँस्थाको बोर्ड बैठकले अवार्ड दिएको हो । उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई अभियानका लागि नेपाली करिब ३० लाख रुपैयाँ संस्थाले पाएको छ । संस्थाले पाएको रकम फोहोरमैला व्यवस्थापन तथा पर्यावरण मैत्री पर्यटन अभियानमा खर्च गरिएको हो ।

21.56¡ÆC