आर्थिक अबस्था कमजोर भएकालाई परदेशबाट सहयोग

पुस १६, २०७७ मा प्रकाशित | 1416 views

विदुर । नुवाकोटबाट रोजगार तथा व्यावसायको लागी युएई पुगेका युवाहरु अबद्ध सामाजिक सँस्था ‘नुवाकोट सेवा समाज’ले नुवाकोटमा बिरामी र टुहुरा बालबालिकाको लागी आर्थिक सहयोग पुराएको छ । ‘नुवाकोट सेवा समाज’मा आबद्ध भएका युवाहरुले संकलन गरेको नगद रुपैयाँ नुवाकोटको बेकोटगढी नगरपालिका वडा नं.६ तितुङ टोलका टुहुरा बालबालिकाको लागी सरिता तामाङलाई नगद १५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

बुबाआमा दुवै गुमाउनुभएका १६ वर्षको सरिताले भाईहरु १२ वर्षको समिर तामाङ र ९ वर्षको सुजन तामाङको समेत रेखदेख र अभिभावकत्व निर्वाह गर्दै आउनुभएकाले उहाँलाई आर्थिक रुपमा राहत पुराउन नगद रुपैयाँ उपलब्ध गराइएको ‘नुवाकोट सेवा समाज’का सस्थापक सचिव सचेत तामाङले जानकारी दिनुभयो ।

यसैगरी, कलेजोमा समस्या भएर भारतमा उपचार गराउदै आउनुभएका शिवपुरी गाउाँलिका वडा नं. ८ का मधुसुदन डंगोललाई नगद ३२ हजार रुपैयाँ उपलब्ध गराइएको छ । ‘नुवाकोट सेवा समाज’ले यु.ए.ई.मा रहेका नेपालीसंग संकलन गरेर आफनो जिल्लाका कमजोर वर्गलाई सहयोग पुराउने उद्देष्यले नेपालमा उपचार सम्भव नभएसगैँ भारतमा पुगेर उपचार गराउदै आएका मधुसुदन डंगोलको लागी उपचारमा सहयोग पुगोस भनेर ३२ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

‘नुवाकोट सेवा समाज’को अध्यक्ष बासुदेव ढुङ्गाना सहितको पदाधिकारीले युएईबाट संकलन गरेर पठाएको रकम समाजका प्रतिनिधि सचेत तामाङले विदुर नगरपालिका वडा नं. २ ढुङ्गे निवासी सामाजिक अभियन्ता तथा समाजसेवी मच्छिन्द्रनरसिंह प्याकुरेलको समन्वयमा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की मार्फत आर्थिक अबस्था कमजोर भएका दुई परिवारको लागी नगद रुपैयाँ उपलब्ध गराइएको हो ।

यु.ए.ई.मा पुगेका नुवाकोटका बासिन्दाले संकलन गरेर पठाएको सहयोग रकमले बुबा आमा नै गुमाउनुभएका सरिता तामाङलाई र कलेजोमा समस्या भएर उपचार गराउदै आउनुभएका मधुसुदन डंगोलको लागी प्रभावकारी सहयोग पुगेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web