त्रिशूली अस्पतालमा आईसीयू सेवा सुरु, भेन्टिलेटर समेत जडान

पुस १, २०७७ मा प्रकाशित | 832 views

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु भएको छ ।

अस्पतालको स्तरबृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरागर्ने क्रममा दश श्ययाको आईसीयू सञ्चालन आज (बुधबार)देखि थालिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेको अनुसार उपकरण जडानको काम सम्पन्न भएसगैँ बाग्मती प्रदेस सरकारबाट प्राप्त दुई थान भेन्टिलेटर सहितको सेवा आजदेखि सुरु भएको हो । आईसियु चलाउन बाग्मती प्रदेस सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम समेत उपलब्ध गराएको थियो ।

उपकरण जडानको काम पूरा भएसगैँ सेवा दक्ष जनशक्ति मार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।

विस. २०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको त्रिशूली अस्पताल पुर्ननिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाहले नुवाकोट सहित रसुवा र धादिङको बिरामीको लागी सेवाको गुणस्तर सुधार हुदै आएको छ ।

त्रिशूली अस्पतालमा गएको कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा समेत सञ्चालनमा आएसगैँ नुवाकोट सहित रसुवा र धादिङका बासिन्दालाई कोरोना जाँच गर्न सहज बनेको छ । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web