बेलायत ।

बेलायतको सेन्ट अल्बान्स्मा भएको हाफ म्याराथनमा नेपालका ताज ओझा तेस्रो हुन सफल भएका छन् ।

६ हजार बढी प्रतिस्पर्धीलाई उछिन्दै नेपालका ताज ओझाले निर्धारित ५ किलोमिटरको दुरी १८ मिनेट ५१ सेकेण्डमा पुरा गरेका हुन् ।

५ किलोमिटर दौड तर्फ ताज ओझा, ओस्कार ओझा, सुनिता ओझा, तिर्थ पौड्याल, रिता घिमिरे, प्रकेश थापा, तपना दाहाल, रुबिना घिमिरे, कुलप्रसाद सिग्देल, शसांक घिमिरे, नम्रता रिमाल र हिताक्ची रिमालले सहभागीता जनाउनुभएको थियो ।

प्रतियोगितामा नेपालको तर्फबाट करिव ३५ जनाले सामुहिक रुपमा दौडमा सहभागीता जनाएका थिए ।

२१ किलोमिटर हाफ म्याराथनमा नेपालको तर्फबाट रविन्द्र अधिकारी, राज ओझा, अस्मिता सिग्देल, चुडामणी रेग्मी, हेमराज न्यौपाने, अन्जु सिग्देल, केदार खनाल, भवानी घिमिरे, राघव नेपाल, मनोज दाहाल, मुकुन्द नेपाल, समिर प्याकुरेल, शेखर भट्टराई, सन्जीव घिमिरे, ईन्दिरा भट्टराई लगायत ३० बढी नेपाली युवाहरुको सहभागीता रहेको थियो ।

बेलायतमा आधिकारीक रुपमा दर्ता भएर सञ्चालित च्यारिटी रजिष्टर संस्था नेप्लिज ब्रिटिस कम्युनिटि 'एनबिसी युके'को सहकार्यमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा सहित ढाकाटोपी लगाएर दौडमा सहभागीता जनाएका थिए । कार्यक्रमको संयोजन संस्थाका खेलकूद विभाग प्रमुख राजेन्द्र ओझाले संयोजन गर्नुभएको थियो ।

आगामी बर्ष नेपालले आयोजना गरेको नेपाल पर्यटन बर्ष २०२० को प्रचार प्रसार गर्ने उदेश्य सहित नेपालको झण्डा र ढाका टोपी लगाएर दौडमा सहभागी भएको समुहका सदस्य रविन्द्र अधिकारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

बर्षेनी आयोजना हुने सेन्ट अल्बान्स् हाफ म्याराथनमा यस बर्ष दुई दर्जन देशका नागरिकहरुले सहभागीता जनाएको बताएका छन् ।

दौडका क्रममा १ लाख बढी बेलायती सहित विभिन्न देशका नागरिकमाझ नेपालको झण्डा फहराउँदै, राष्ट्रिय पोशाक ढाका टोपी लगाएर दौडमा सहभागी हुँदा धेरै व्यक्तिले चासो र कौतुहलतापूवर्क नेपालको बारेमा जानकारी लिएको रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सहभागी नेपालीहरुले बेलायती सहित अन्य देशका सहभागीहरुलाई नेपालको बारेमा जानकारी दिंदै नेपाल भ्रमणको लागि निमन्त्रणा गरेकोमा सबैले जीवनमा एकपटक सर्वोच्च शिखर सगरमाथा र गौतमबुद्धको जन्मस्थल देश नेपाल पुग्ने ईच्छा र भावना साटेका थिए ।

16.49¡ÆC