२७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले दक्षिण एसियाली मुलुकहरुमा रहेको गरिबी, अशिक्षा र भोकमरीको अन्त्यकालागि सामुहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको क्याबिनेट सेक्रेटरी स्तरीय दुईदिने बैठकको आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्क क्षेत्रका जनताको अपेक्षा पुरा गर्न पूर्वाधार विकास, लगानि अभिबृद्धि, रोजगारी सृजना, सूचना प्रविधि र सडक सञ्जालमा जोडदिनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सार्क क्षेत्रमा आर्थिक समृद्धिका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु पर्ने र सार्क कोषलाई अझ प्रभावकारी बनाइ व्यापारमा जोडदिनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको र संविधानले गणतन्त्रलाई संस्थागत गरी जनताको भावना र चाहनालाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान संविधान कार्यान्वयनका साथै सामाजिक र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो ।

सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्क स्थापनाको तीन दशकमा गरिबी निवारण, क्षेत्रीय विकास, शान्ति र समृद्धिमा उल्लेख्य प्रगति एवं सफलता हासिल गर्दै गएको बताउनुभयो ।

नेपाल सरकार मुख्य सचिव डा सोमलाल सुवेदीले सार्वजनिक सेवामा जनताको अपेक्षा बढ्दै गएकाले सार्वजनिक सेवालाई छिटो, छरितो र चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सार्कमा आबद्ध आठ देशका मुख्य सचिव तथा पर्यवेक्षक देशका उच्च अधिकृतको समेत सहभागिता रहेको छ ।

20.12¡ÆC