इजिप्टका पूर्व राष्ट्रपति मोर्सीलाई अदालतको अपहेलनामा तीन बर्ष जेल सजाँय

पुस १५, २०७४ मा प्रकाशित | 8516 views

एजेन्सी ।
पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार
इजिप्टको एक अदालतले तीन बर्ष जेल सजाँय सुनाएको छ ।
अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबासको सजाँय सुनाएको इतिप्टको सरकारी टेलिभिजनले जनाएको छ ।
मुद्दाका प्रतिवादी मोर्सी तथा उहाँको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो ।
उहाँहरुले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ ।
पूर्व राष्ट्रपति मोर्सीलाई सन् २०१२मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० बर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ बर्ष जेल सजाँय तोकिएको थियो ।
इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय नेता अहिले कैदी जीवन विताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web