२७ डिसेम्बर, ह्यामबर्ग ।

गुरुगं जातिहरुको महान पर्व तमु ल्होसारको अवसरमा तमु समाज ह्यामबर्ग, जर्मनीले बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

ह्यामबर्ग शहरमा डिसेम्बर २४ तारिख साँझ शुरु भएको कार्यक्रमसँगै ल्होसार तथा अग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान भएको थियो । समाजका अध्यक्ष लाल बहादुर गुरुगंले कार्यक्रमको उद्घाटन गर्दै सबैलाई ल्होसार अर्थात नयाँ बर्षको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभएको थियो । विदेशी भूमिमा रहेर पनी आफ्नो कला, संस्कृति जोगाउनका लागि सहयोग गर्नेमा उहाँँले सबैमा धन्यवाद दिनुभएको थियो । जर्मनीको ह्यामवर्ग, बर्लीन लगायत युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधी, व्यवसायी, विद्यार्थी, कलाकार सर्बसाधारण गरी करिब ६ सय जनाको उपस्थिती रहेको कार्यक्रममा स्थानीय कलाकारहरुको भिषण प्रस्तुती रह्यो ।

तमुहरुको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतीलाई निरन्तरता दिनको लागि कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु सांस्कृतीक पहिरनमा सझिएर आएका थिए । तमु संस्कृती जोगाईराख्न, तथा जर्मनीमा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन यस्ता कार्यक्रमको विशेष महत्व रहने कार्यक्रममा सहभागिहरुको भनाइ थियो । सन् २००२ बाट मनाउँदै आएको ल्होसारमा प्रत्येक बर्ष जस्तै यस पटक पनि आयोजकले उपस्थित सबैलाई खादा ओढाएर सम्मान सहित स्वागत गरेको थियो । स्वागतका लागि खट्नुभएका समाजका कोषाध्यक्ष मिलन तमुले नेपालीहरु जहा गए पनि आफ्नो संस्कृति नभुल्ने बताउदै सबैलाई शुभकामना दिनुभयो ।

समाजका महासचिव सुन्दर गुरुगंले हामि जहाँसुकै रहेपनि मिलि जुलि नेपालीपनको परिचय दिनु पर्ने बताउदै हामी संसारको जुनसुकै ठाँउमा भएपनि सर्वप्रथम नेपाली भनेर चिनिने भएको हुनाले क्षेत्रीय, जातीय रुपमा भन्दा राष्ट्रियताको भावना र सद्भावलाई उच्च राख्न आफुहरुले यो कार्यक्रम विगत १६ बर्षदेखि गर्दै आएको बताउनुभयो ।

यस्तै गरि स्थानीय कलाकारहरु र संघसंस्थाहरुको प्रस्तुतिहरुले कार्यक्रमको रनौकतामा थप उर्जा मिलेको आभाष दिलाएको थियो । आयोजकको तर्फबाट कार्यक्रम संचालक आस्विन तमुले ल्होसार साँस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउन उपस्थित भएका सम्पूर्ण कलाकारहरु, स्थानीय संघसंगठनका प्रतिनिधिहरु, प्रायोजकहरु, पत्रकार तथा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तमु, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष च्ह्या अर्थात चरा बर्गलाई बिदाई गर्दै खी अर्थात कुकुर बर्गलाई स्वागत गरेका छन् ।

नयाँ बर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयाँ दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ आफ्नो समुदायका मान्यजनको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

25.12¡ÆC