यतीसम्म सरकारी गाडी दुरुपयोग

पुस ९, २०७४ मा प्रकाशित | 1057 views

काठमाडौं ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ ।

सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा। इन्द्रकुमारी अधिकारीको बूढानीलकण्ठस्थित निवास परिसरमा भेटिन्छ ।

अधिकारीलाई त्रिपुरेश्वरस्थित कार्यालयमा ल्याउन, पुर्याउन प्रतिष्ठानले छुट्टै चालक खटाएको छ ।

तर, चालकले उहाँसहित सरकारी गाडीलाई निजी साधनसरह निवासमा छाडेर फर्किने गरेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिष्ठानका एक कर्मचारीले भने-'३-४ महिना भयो उहाँ 'अधिकारी'ले चड्ने गाडी प्राय बूढानीलकण्ठतिरै हुन्छ, अरु गाडी चाहिँ बिदाको दिनमा पनि कार्यालयमा राख्ने गरिएको छ ।'

परराष्ट्र मन्त्रालय मातहतको सो कार्यालयमा गत बर्ष उपकार्यकारी निर्देशकको राजनीतिक नियुक्ति लिनुभएकी अधिकारी उपसचिवस्तरकी कर्मचारी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web