आधूनिक शक्तिशाली मुलुक बन्ने लक्ष्यमा चीन

पुस ३, २०७४ मा प्रकाशित | 9556 views

एजेन्सी ।

चीनीयां कम्युनिष्ट पार्टीको बिदेश बिभागका प्रतिनिधी वांग विंगउवांगले चीन बिशेषतायुक्त समाजबादको माध्यमबाट आधूनिक शक्तिशाली मुलुक बन्ने लक्ष्यकासाथ अगाडी बढिरहेको बताउनुभएको छ ।

चीनीयां कम्युनिष्ट पार्टीको १९ औं महाधिबेशनले पारित गरेका नीति तथा कार्यक्रमहरुबारे आज काठमाडौं आयोजित कार्यक्रममा जानकारी गराउनुहुंदै नेपालमा आएका चीनीयां कम्युनिष्ट पार्टीको प्रतिनिधीमण्डलको नेतृत्व गर्नुभएका वांग विंगउवांगले चीनलाई आधुनिक शक्तिशाली मुलुक बनाउनसंगै बिश्वकै शान्ति र बिकासकालागि चीन सबैसंग साथमा रहने महाधिबेशनको निष्कर्ष रहेको जानकारी दिनुभयो ।

चीनीयां प्रतिनिधीमण्डलको नेतृत्व गर्नुुभएका वांग विंगउवांगले चीनीयां कम्युनिष्ट पार्टीका महासचिब सि जिनपिंगको बिचारधारामा सन् २०२० सम्ममा सबैले खान लगाउन पाउनसक्ने गरी गरीबी घटाउने,सन् २०२१ देखि २०३५ सम्ममा समाजबादको आधूनिकीकरण गर्दै २०३६ देखि २०५० सम्ममा चीनलाई समृद्ध र आधूनिक शक्तिशाली मुलुक बनाउने लक्ष्य रहेको बताउनुुभयो ।

उहांले चीनले आर्थिक र सामाजिक रुपमा चीनलाई समृद्ध बनाउंन बिकास र उत्पादनलाई बढी प्राथमिकता दिएको पनि बताउनुुभयो ।

चीनीयां प्रतिनिधीमण्डलको नेतृत्व गर्नुभएका वांग विंगउवांगले मित्रमुलुकहरुलाई चीनले सहयोग गर्दै आएको र चीनको यस्तो सहकार्य चीनको आधूनिक शक्तिशाली मुलुक बन्ने लक्ष्यका साथ अझ बढी प्रभावकारी रुपमा अगाडी बढाईने उल्लेख गर्नुभयो ।

उहांले चीनीयां कम्युनिष्ट पार्टीको कार्ययोजना तथा पार्टीका महासचिब सि जिनपिंगको बिचारधाराबाट बिश्बका अन्य मुलुकले पनि सिको गरेर बिकासमा अगाडी बढनसक्ने पनि बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web