अछाम ।

अछामको प्रदेश सभा क्षेत्र नं १ का सांसद गोविन्द कुँवरलाई साफेबगर नगरपालिका वडा नं. ११ का बासिन्दाले २२ सुत्रीय माग राख्दै २२ किलोको मालालगाएर स्वागत गरेका छन् ।

विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, बेरोजगार र पर्यटकीय क्षेत्रको स्तरोन्नति लगायतका माग राख्दै स्थानीयले २२ किलोको मालाले स्वागत गरेका हुन् ।

विजयी र्याली तथा मतदाता भेटघाट कार्यक्रममा देवीस्थान पुगेका नवनिर्वा्चित सांसदले विकास निर्माणको कार्यमा जनताको आवश्यकता अनुसार केन्द्रसम्म आवाज उठाउने र आफुलाई बुझाइएको मागपत्रको सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

विजयी र्याली तथा मतदाता भेटघाटपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कुँवरले कालालेकी मन्दिर मर्मतका लागि पहल गर्ने, पर्यटकीय स्थल खप्तडलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने प्रयास गर्ने बताए

यस्तै देवीस्थानमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी र बेरोजगार समस्या समाधानका लागि प्रदेश सभामा आवाज उठाउने उहाँले बताउनु भयो ।

16.43¡ÆC