बीरगञ्ज ।

बाक्लो हुस्सु र सितलहरका कारण विगत ३ दिन देखि मध्य तराईको बारा, पर्सा, रौतहट लगायतका जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

कठ्याड्ग्रीदो जाडो र शित लहर सँगै चिसो हावा चलेपछि मध्यतराईको बारा, पर्सा, रौतहट, सर्लाहि, मकवानपुर, चितवन लगाएतका जिल्लाहरुमा जाडोले जनजीवन प्रभावित भएको हो ।

यस वर्षकै सवैभन्दा बढी जाडो आज महसुस भएको र अत्याधिक चिसोको कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।

विरगंज लगायत कलैया, सिमरा, गौर लगायतको स्थानमा स्थानिय बासिन्दाहरु चोक चोकमा घुर तापेर बसिरहेका छन् ।

जाडोको कारण आज बिरगंज बजारमा न्यानो तथा तातो कपडा खरिद गर्ने र हिटर किन्ने ग्राहकहरुको घुईचो लागेको व्यापारीहरुले बताएका छन् ।

कठङिग्रदो जाडोको कारण स्कूले बालबालिका र महिला बढी प्रभावित भएका छन् । दिनभर बाक्लो हुस्सु सहित कुहिरो लागेपछि सिमरा विमान स्थलका उडानहरु प्रभावित भएका छन् ।

भिजिविलिटी कम भएपछि सिमरा विमान स्थलबाट आज हुने सम्पूर्ण उडान रद्द भएको विमान स्थल कार्यालयले जनाएको छ ।

विगत ३ दिन देखि सिमरा विमान स्थलबाट हुने उडानहरु बाक्लो हुस्सुका कारण स्थगित हुदै आएको छ ।

17.16¡ÆC