एक नम्वर प्रदेशको राजधानी माग्दै धनकुटामा आन्दोलन सुरु

मंसिर २९, २०७४ मा प्रकाशित | 1362 views

धनकुटा । एक नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् ।

संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त भएको भन्दै उद्योग बाणिज्यसंघ धनकुटा र नागरिक समाजको अगुवाइमा दवाव आन्दोलन थालिएको हो ।

अढाइ सय बर्ष अघि देखि प्रशासनिक केन्द्र रहेको धनकुटा, ऐतिहासिक, भौगोलिक र सामरिक रुपले समेत धनकुटा राजधानीका लागि उपयुक्त भएको संघर्ष समितिका संयोजक उमेश भिमिरेले बताउनु भयो ।

प्रादेशिक मन्त्रालयका लागि पर्याप्त भौतिक संरचना र प्रसस्त सरकारी जमिन उपलब्ध भएकाले अंकगणितका नाममा प्रदेशसभाबाट धनकुटा र प्रदेश नम्वर एकका समग्र पहाडी जिल्लालाई अन्याय हुनेगरी निर्णय नगर्न स्थानीयले अनुरोध गरेका छन् ।

तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ लगायतका जिल्लाहरु समेत धनकुटानै प्रादेशिक राजधानी हुनु पर्ने पक्षमा रहेको आन्दोलनकारीको दाबी छ ।

यस अभि पनि राजधानीका लागि बारम्बार आनदोलन गरेको संघर्ष समितिले राजधानीका लागि लगातार आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य बिजय सन्तोषी राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web