काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना जारी रहेको छ ।

हालसम्म गणना भएको ८९ लाख ५८ हजार आठ सय मत मध्ये नेकपा एमालेले ३० लाख १२ हजार ४ सय २१, नेपाली कांग्रेसले २९ लाख ३९ हजार ५ सय २८, नेकपा माओवादी केन्द्रले १२ लाख ११ हजार २ सय ३९ मत प्राप्त गरेका छन् ।

यसैगरी, संघीय समाजवादी फोरम नेपालले ४ लाख २६ हजार ६० र राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख एक हजार ७ सय १७ मत प्राप्त गरी ३ प्रतिशत थ्रेसहोल्ड कटाएकोले अहिलेसम्मको मत अनुसार यी पाँच दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ ।

नयाँ संरचनाअनुसार अब बन्ने संघीय संसदमा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्ने भएका छन् ।

प्रत्यक्ष तर्फ एक सिट मात्र प्राप्त गरी समानुपातिकतर्फ तीन प्रतिशत थ्रेस होल्ड प्राप्त गरेका दलले राष्ट्रिय मान्यता प्राप्त गर्ने छन् भने प्रत्यक्ष तर्फ एक सिट प्राप्त गरेको तर तीन प्रतिशत थ्रेस होल्ड नकटाएका दल स्वतन्त्र हैसियतमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने छन् ।

प्रत्यक्ष तर्फ एक सिट जितेका वा एक सिट पनि नजितेका दलले समानुपातिक निर्वाचनतर्फ तीन प्रतिशत मत नल्याएमा उनीहरुले प्राप्त गरेको समानुुपातिक तर्फको मत खेर जाने छ । निर्वाचन आयोगका प्रवक्ता ढकाल ः

प्रत्यक्ष तर्फ १६५ र समानुपातिक निर्वाचन तर्फबाट १ सय १० जना गरेर प्रतिनिधिसभामा २ सय ७५ जना सदस्य रहनेछन् ।

यसैगरी प्रदेशमा प्रत्यक्षतर्फ ३ सय ३० र २ सय २० जना समानुपातिक सहित ५ सय ५० जना प्रतिनिधि निर्वाचित हुँदैछन् । प्रदेशसभाका लागि समानुपातिकतर्फको मतमा १.५ प्रतिशत थ्रेस होल्ड राखिएको छ ।

प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि समानुपातिकतर्फ १.५ प्रतिशतभन्दा कम मत गणना हुने छैन् । १.५ प्रतिशत मत ल्याउने दलले मात्र प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउनेछ ।

यसरी गोरखाबाट निर्वाचित नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र झापा ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको हैसियत अब प्रतिनिधिसभामा दलगत नभई स्वतन्त्र हुनेछ ।

15.51¡ÆC