खोटाङ कांग्रेसले प्रचार सामग्री हटायो

मंसिर २८, २०७४ मा प्रकाशित | 829 views

खोटाङ ।
नेपाली कांग्रेस खोटाङले चुनाव प्रचार–प्रसारका क्रममा प्रयोग गरेका सामग्री हटाएको छ । विहिवार सदरमुकाम दिक्तेलबजारमा पार्टीका शिर्षस्त नेताहरुसहितको टोलीले चुनावका वेला प्रयोग गरेका प्रचार सामग्री हटाएको हो । सफा र सुन्दर बजार बनाउँनका लागि कांग्रेसले प्रसार–प्रसारका समयमा टाँसिएका पोस्टर, पम्पलेट र झण्डा हटाएको छ । कांग्रेसले उच्च लोकतान्त्रिक संस्कार र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै सामग्री हटाएको जिल्ला अध्यक्ष नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘आफुले निर्वाचनको क्रममा प्रयोग गरेका प्रचार सामग्री हटाएर बजार एवम गाउँलाई सफा र सुन्दर बनाउँनु हामी सवैको दायित्व भएकोले हामीले प्रयोग गरेका समग्री हामीले नै हटाएर बजारलाई कुरुप हुनबाट जोगाएका हौ ।’
यद्यपि, विगतका निर्वाचनमा भने कुनैपनि पार्टीले महिनौसम्म प्रचार सामग्री हटाउँने गरेका थिएनन् । प्रचार सामग्री नहटाउँदा बजार तथा गाँउ फोहोर हुने गरेको थियो । कांग्रेसले आफ्ना प्रचार सामग्री हटाएपनि अन्य दलले भने हटाएका छैनन् । कांग्रेसले दिक्तेलबजारबाट सुरु गरेको यो अभियान जिल्लाका सवै बजार तथा गाउँसम्म गर्ने जनाईएको छ ।
सभापति श्रेष्ठले भन्नुभयो ‘कांग्रेसले सुरु गरेको यो अभियान जिल्लाका सवै राजनीतिक दलले अनुसरण गरि आ–आफ्नो प्र्रचार सामग्री हटाएर सफा र सुन्दर गाउँवस्ती निर्माणका लागि आग्रह गर्दछौं ।सम्म मात्र थिए त्यसपछाडि औचित्य सकीएको हुनाले पनि हामीले सामग्री हटाएका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web