काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई ७ दिनभित्र आर्थिक वर्ष २०७३–२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो ।
७ दिनभित्र विवरण दर्ता गराउन अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो ।
७ दिनभित्र विवरण नपठाए कानूनबमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
16.56¡ÆC