काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाममा अगाडी रहेको नेकपा एमालेले समानुपातिक तर्फपनि अग्रता कायम राखेको छ ।

अपरान्ह ३ बजेपछि सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले २१ लाख ४६ हजार ३ सय ६४ मत सहित पहिलो स्थानमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस २० लाख ५८ हजार ३ सय ८ मत सहित दोस्रो स्थानमा रहँदा प्रत्यक्ष तर्फ दोस्रो रहेको माओवादी केन्द्र समानुपातिक मत परिणाममा काँग्रेस भन्दा आधा भन्दा कम मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्र ८ लाख ३५ हजार ४ सय ९० मत पाएर तेस्रो स्थानमा रहेको छ ।

नयाँ बैकल्पिक राजनीतिको उद्घोस सहित आएको विवेकशिल साझा पार्टीभने प्रत्यक्ष तर्फ कुनैपनि सिट ल्याउन नसकेपनि समानुपातिक तर्फ सातौं स्थानमा रहन सफल भएको छ ।

समानुपातिकम मत परिणाममा फोरम चौथो, राजपा पाचौं र राप्रपा छैटौं नम्वरमा रहेको छ ।

यस्तो छ ताजा मतपरिणाम

नेकपा एमाले २१४६३६४

नेपाली काङ्ग्रेस २०५८३०८

माओवादी केन्द्र ८३५४९०

सं स फोरम २७२९०३

राजपा २१५१०१

राप्रपा १४५०५०

विवेकशील साझा १४००५४

नयाँ शक्ति नेपाल ५९४८१

राप्रपा 'प्रजातान्त्रिक' ४७९६९

जनमोर्चा ३६०९६

अन्य २१११७३

17.16¡ÆC