कर्णालीमा हिमपात, जनजीवन प्रभावित

मंसिर २६, २०७४ मा प्रकाशित | 897 views

जुम्ला ।

मंगलबार बिहान ११ बजेदेखि हिमपात शुरु भए संगै कर्णाली क्षेत्रको जनजीबन प्रभाबित भएको छ । जुम्ला, मुगु, हुम्ला र डोल्पामा हिमपात भएको हो ।

बेसीमा सामान्य हिमपात भएपनि लेकमा बढी हिमपात भएको छ ।

आज कर्णालीमा माइनस ६ डिग्री तापक्रम रहेको र यो अझै बढ्न सक्ने मौसम फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

हिमपातले ज्येष्ठ नागरिक, अशक्त–अपांगहरु बढी प्रभावित भएका छन् ।

जिल्ला प्रशासन, मालपोत र नगरपालिकाका सरकारी कार्यालयका कर्मचारीले कार्यालय परिसरमा आगो बालेर सेवा प्रवाह गरेका थिए ।

चिसोले यही मंसिर २२ गतेबाट सञ्चालन भएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका विद्यार्थीलाई निकै कठिन भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।

जाडोले भाइरलका बिरामी बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त मेडिकल डाइरेक्टर डा। सूर्यमान लिम्बुले बताउनुभयो ।

बढ्दो जाडोले कतिपय स्थानमा पानी जमेर पाइप फुट्दा र धारासमेत भाँचिदा खानेपानीको अभाव हुँदै गएको बताइन्छ ।

हिमपातका कारण फाटफुट रुपमा सडक मार्गमा गाडी चले पनि जुम्ला–नेपालगन्जको हवाई उडान हुन सकेका छैनन् ।

माथिल्लो डोल्पामा हिमपात शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web