समानुपातिक मतगणनामा एमाले पहिलो, विवेकशिल साझा चौथो

मंसिर २६, २०७४ मा प्रकाशित | 1301 views

गुल्मी ।

जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचको प्रत्यक्षका सबै उम्मेद्धारमा पराजित भएको नेपाली काँग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा आएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रदेश सभाका चारसहित सबै क्षेत्रमा प्रत्यक्ष तर्फ वामगठबन्धनले जितेको थियो ।

समानुपालिकमा पनि वाम गठबन्धन नै अग्र स्थानमा रहेको छ । जिल्लाबाट एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी तेस्रो बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाबाट एमालले कुल ६० हजार ६२ मत ल्याएर पहिलो बनेको छ ।

नेपाली कांग्रेसले कुल ४५ हजार ५ सय ४४ मत ल्याएको छ । माओवादीले ९ हजार ३ सय ८० मत ल्याएको छ ।

एमालेले क्षेत्र नं। १ मा ३१ हजार ६ सय ३७ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार २ सय ८८ मत ल्याएको छ । माओवादीले ५ हजार २ सय ४४ मत ल्याएको छ ।

उक्त क्षेत्रमा चौथो शक्तिमा विवेकशील साझा पार्टी बनेको छ । विवेकशीलले ११ सय ४४ मत ल्याएको छ । पाँचौ शक्तिमा राष्ट्रिय जनमोर्चा बनेको छ । उक्त दललले ११ सय ४० मत ल्याएको छ ।

त्यस्तै क्षेत्र नं २ मा एमालले २८ हजार ४ सय २५ मत ल्याएको छ ।

नेपाली कांग्रेसले १८ हजार २ सय ५६ मत ल्याएको छ भने माओवादीले ४ हजार १ सय ३६ मत ल्याएको छ । यो निर्वाचन क्षेत्रमा पनि विवेकशील साझा पार्टी चौथो शक्ति बनेको छ । विवेकशीलले ८ सय ४४ मत ल्याएको छ ।

पाँचौ शक्तिको रुपमा राष्ट्रिय जनमोर्चा पार्टी बनेको छ ।

उक्त पार्टीले ५ सय ४२ मत ल्याएको छ ।

प्रदेश सभा तर्फ पनि नेकपा एमाले पहिलो नेपाली कांग्रेस दोस्रो र तेस्रोमा माओवादी बनेको छ । प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको तर्फको मतगणना भने आइतवार सम्पन्न भएको थियो

समानुपातिक तर्फ ७ हजार मत बदर

जिल्लाबाट समानुपालिक तर्फ प्रतिनिधि सभातर्फ कुल ७ हजार ४ सय १७ मत बदर भएको छ ।

बदर मत मध्ये क्षेत्र नं। १ मा ३ हजार ४८ मत रहेको छ ।

क्षेत्र नं। २ मा ४ हजार ३ सय ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाबाट समानुपातिकब तर्फ क्षेत्र नं। १ मा कुल ७० हजार ६ सय ४७ मत खसेको थियो भने क्षेत्र नं। २ मा ५८ हजार १ सय २८ मत खसेको थियो ।

प्रत्यक्ष तर्फ झण्डै ४ हजार मत बदर

गुल्मीबाट प्रनितिधी सभाको प्रत्यक्ष तर्फ कुल ३ हजार ९ सय १६ म तबदर भएको थियो । जस मध्ये क्षेत्र नं।१ मा १ हजार ७ सय १७ मत बदर भएको थियो । क्षेत्र नं। २ मा २ हजार १ सय ९९ मत बदर भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web